गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु
![गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु](https://www.dcnepal.com/wp-content/uploads/2024/06/MixCollage-29-Jun-2024-08-55-AM-6318.jpg)
काठमाडौं। गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो। पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाइएको छ।
पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
Facebook Comment