सुनको मूल्य बढ्ने क्रम रोकिएन
काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ।
यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ। चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment