टी- २० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, भारतका ६ खेलाडी सामेल
![टी- २० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा, भारतका ६ खेलाडी सामेल](https://www.dcnepal.com/wp-content/uploads/2024/07/icc.jpg-2.jpg)
काठमाडौं। आइसीसीले टी-२० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ।
आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन्। जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन्।
त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन्। जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन्।
त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन्।
प्रतिक्रिया
Facebook Comment