कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी: ‘यो समय गिरिबन्धु चियाको हो’
![कांग्रेस- एमाले सहमतिपछि बालेनको टिप्पणी: ‘यो समय गिरिबन्धु चियाको हो’](https://www.dcnepal.com/wp-content/uploads/2024/07/449680203_1038818764277045_3470660757422245413_n.jpg)
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस-एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन् ।
उनले भनेका छन्,’यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।
प्रतिक्रिया
Facebook Comment