बेलायतकी निवर्तमान प्रधानमन्त्री लिज ट्रस सांसदमा पराजित
काठमाडौं । बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रस चुनाव हारेकी छन् । उनी साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मतले पराजित भएकी हुन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २ सय १७ मत पाइन् ।
हारपछि ट्रसले भनिन्, “धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौं। हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो।”
ट्रसको पराजयबारे बीबीसीसँग कुरा गर्दै गृहमन्त्री जेम्स क्लेभरलीले भने “उनको पराजय निराशाजनक छ। लिज हाम्रो साथी र अद्भुत सहकर्मी हुन्। हामीले हाम्रा गल्तीहरूबाट पाठ सिक्नुपर्छ र सकेसम्म चाँडो सरकारमा फर्कने प्रयास गर्नुपर्छ।”
प्रतिक्रिया
Facebook Comment