मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

डिसी नेपाल
२२ असार २०८१ १६:४३

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

शनिबार बसेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहले विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभा बैठकमा उपस्थीत १०१ जनामध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको विपक्षमा ३४ मत परेको थियो। ।

मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे।

मुख्यमन्त्री सिंहलाई कांग्रेस–एमालेका सासंदहरुले मत दिएका थिए। त्यसअघि उनले शनिबार नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका थिए। मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *