तनहुँमा पहिरोमा परी तीन बेपत्ता

डिसी नेपाल
२२ असार २०८१ १९:१३

दमौली। शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज तीनजना बेपत्ता भएका छन्।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरोमा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए। नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए।

ढुङ्गा लागेर एकको मृत्यु

ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुंगा लागेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिंगाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ढुंगा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *