दाङको सतवरियामा डुबानमा परेकाहरुको सकुशल उद्वार

डिसी नेपाल
२२ असार २०८१ १९:५१

दाङ। अविरल वर्षाको कारण दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुबानमा परेका २५ जनाको असार २२ गते सकुशल उद्वार गरिएको छ।

नं.२९ गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो। सोही स्थानका करीब ५० घरहरु डुबानमा परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *