प्रतिनिधिसभाको बैठक आज बस्दै

डिसी नेपाल
२३ असार २०८१ ८:०९

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने तालिका रहेको छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ुविनियोजन विधेयक, २०८१ु का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ुपूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०ु पेस गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले ुअख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ।व। २०७९र२०८०ु पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *