राजन र अस्मिताको ‘आकाशको जून धर्तीमा’ सार्वजनिक (भिडिओ)

डिसी नेपाल
२३ असार २०८१ १०:१९

काठमाडाैं। राजन अधिकारी र अस्मिता अधिकारीको स्वरमा ‘आकाशको जून धर्तीमा’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा प्रेमिल जोडीले एकअर्कालाई ब्यक्त गरेको भावनालाई प्रस्तुत गरिएको छ।

गीतका शब्द राजन स्वयमकै हुन् । संगीत पनि उनकै रहेको गीतलाई श्यामश्वेत रसाईलीले गीतलाई एरेन्ज गरेका छन्। डान्सिङ नम्बरको गीत लोक-आधुनिक शैलीमा छ। भिडिओमा मोडल गरिमा शर्मा र अस्मिक लम्साल फिचर्ड छन्।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडिओलाई बुद्ध थापाले छायांकन, दिपक विष्टले सम्पादन गरेका हुन्। ‘बाबु क्रियशन’ युट्युब च्यानलमा भिडिओ सार्वजनिक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *