सम्बन्ध बिच्छेदमा आधारित मिलन नेवार र जोहेब मानन्धरको गीत ‘एकदिन’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
२३ असार २०८१ १७:१८

काठमाडौं । बैवाहिक जिवनमा जब सम्बन्धमा फाटो आउन थाल्छ तब दुबैले एक अर्कामा आफूले गरेको योगदान र आफू मात्र ठिक भन्ने भावना जागृत हुन थाल्छ र यहि नै सम्बन्ध बिच्छेदको मुल कारण हुन जान्छ भन्ने सन्देशका साथ गायिका मिलन नेवार र गायक जोहेब मानन्धरको नयाँ गीत ‘एकदिन’सार्वजनिक भएको छ ।

जोहेब मानन्धरको नै शब्द, संगीत रहेको गीतलाई सन्दिप कार्कीले एरेन्ज गरेका हुन् । हाईटेक इन्टरटेण्टमेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा नायक कर्मा शाक्य र रुबिना थापाको जिबन्त अभिनयर हेको छ। कविराज गहतराजको निर्देशन, दुर्गा पौडेलको सिनेमाटोग्राफी, मित्र डी गुरुङको सम्पादन रहेको भिडियोमा जोहेबको नै कथा ,कन्सेप्टमा तयार पारिएको हो ।

नेपाली सांगीतिक छेत्रमा लामो समयदेखि कृयाशिल गायक जोहेब समय समयमा आफ्ना पृथक बेग्लै गीत लिएर आउने गायकको रुपमा परिचित छन् । २०५७ सालको चर्चित गीत ‘म यस्तो गीत गाउन्छु तिम्रो चहनामा’ गीतबाट चर्चा कमाएका गायक राम्रो संगीतकारको साथै रचनाकारको रुपमा पनि सफल मानिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *