गाजाको स्कूलमा इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु

डिसी नेपाल
२४ असार २०८१ १३:२८

काठमाडौं । प्यालेस्टिनी स्रोतहरूले गाजा शहरको एक विद्यालयमा इजरायली आक्रमणमा हमासका एक वरिष्ठ नेता मारिएको बताएका छन्।

विस्थापित प्यालेस्टाइनीहरू बस्ने विद्यालयमा एहाब अल-घुसेन र अन्य तीन जनाको मृत्यु भएको हमास मिडियाले जनाएको छ।

घुसेन हमासको आन्तरिक मन्त्रालयका पूर्व प्रवक्ता र हालसम्म उप श्रम मन्त्री थिए। समाचार अनुसार आक्रमणबाट भुइँ तल्लामा रहेका दुई कक्षाकोठामा क्षति पुगेको छ ।

इजरायलले यी मृत्युको पुष्टि गरेको छैन तर आफ्नो हवाई हमलाले एउटा कम्प्लेक्सलाई निशाना बनाएको बताएको छ जहाँबाट धेरै ‘आतंकवादी’ ले आफ्नो कारबाही गरिरहेका थिए।

इजरायलका अनुसार ती ‘आतंकवादी’ सो क्षेत्रको विद्यालय भवनमा थिए र त्यही क्षेत्रमा हतियार बनाउने कारखाना चलाउँदै आएका थिए ।

इजरायली सेनाको सैन्य कारबाही गाजामा जारी छ। इजरायलको उत्तरी सीमामा हिजबुल्लाहले दुई स्थानमा रकेट प्रहार गरेको छ, जसमा एक जना घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *