फ्रान्समा अप्रत्याशित नतिजापछि त्रिशंकु संसद, बजार उथलपुथलका कारण युरोको मूल्य घट्यो

डिसी नेपाल
२४ असार २०८१ १६:०३

काठमाडौं । आइतवार रात फ्रान्सका लागि अपेक्षा विपरीत परिणामको रात थियो। संसदीय निर्वाचनको नतिजा आश्चर्यजनक थियो ।

दोस्रो चरणको निर्वाचनमा दक्षिणपन्थी राष्ट्रिय र्‍यालीलाई रोक्न वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयासमा बामपन्थी नेता जीन लुक मेलेन्सनले प्रमुख भूमिका खेलेका थिए।

वाम गठबन्धन न्यु पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ । नराम्ररी पछि परेको म्याक्रोनको केन्द्रवादी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी राष्ट्रिय र्‍याली तेस्रो भयो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेको र फ्रान्समा त्रिशंकु संसदको अवस्था सिर्जना भएको छ ।

वामपन्थी पत्रिका ‘लिबरेशन’ ले यो रातको बारेमा लेख्यो – ‘क्रेजी’ । तर, नेशनल र्याली पार्टी सत्तामा आउन नसक्दा धेरैले राहत महसुस गरेका छन् ।

नतिजा आएपछि बजारमा उथलपुथल छ । यूरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ। मुलुकको राजनीतिक गतिरोधले लगानीकर्ता चिन्तित छन् ।

सबैभन्दा बढी सिट जितेको वामपन्थी न्यु पपुलर फ्रन्टको गठबन्धनले राष्ट्रपति इमानुएल म्याक्रोनको सुधारवादी एजेन्डालाई अगाडि बढाउन नसक्ने विश्लेषकहरू विश्वास गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *