रास्वपा केन्द्रीय समितिको बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी रहेकाे छ । बैठकले पार्टी महामन्त्री मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने बताइएकाे छ ।
२० असारमा बसेको केन्द्रीय समितिको बैठकले अनुशासन आयोगको सुझावका आधारमा ढकाललाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टीको अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा ढकाल निलम्वित छन् ।
साथै थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार अनुशासन आयोगले प्रतिवेदन पार्टीलाई बुझाएको थियो । आजको बैठकमा अनुशासन आयोगको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा छ ।
प्रतिक्रिया
Facebook Comment