अन्तर्राष्ट्रिय मानव अंग तस्करी गिरोहमा संलग्न डाक्टरसहित सात जना पक्राउ
काठमाडौं । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय मानव अंग तस्करी र्याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ।
क्राइम ब्रान्चका डीसीपी अमित गोयलले मंगलबार भने , “अन्तर्राष्ट्रिय अंग तस्करी र्याकेटको मुख्य योजनाकार बंगलादेशी थिए। दान दिने र लिने दुवै बंगलादेशी थिए। हामीले रसेल नामका व्यक्तिलाई पक्राउ गरेका छौँ।”
डिसीपी गोयल भन्छन्, “रसेलले बिरामी र दाताहरू मिलाउने गर्थे र प्रत्यारोपणमा संलग्न महिला डाक्टरलाई पनि पक्राउ गरिएको छ। थप अनुसन्धान भइरहेको छ।”
केही सञ्चारमाध्यमका अनुसार गत हप्ता एक प्रख्यात अस्पतालकी एक महिला डाक्टरलाई पक्राउ गरिएको थियो ।
प्रहरीले यो र्याकेट बंगलादेशसँग सम्बन्धित रहेको आरोप लगाएको छ । उनीहरूले हरेक प्रत्यारोपणका लागि २५ देखि ३० लाख रुपैयाँ लिने गरेका छन् ।
यो र्याकेट सन् २०१९ देखि चलिरहेको दिल्ली प्रहरीले जनाएको छ।
Facebook Comment