कोपा अमेरिकाको सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र क्यानडा भिड्दै

काठमाडौं। जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुदै छ।
पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुदै छ। यो खेल नेपाली समय अनुसार भोली बिहान ५ः४५ बजेदेखि शुरु हुँदैछ।
पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।
अर्जेन्टिना ३७औं पटक कोपा अमेरिकाको सेमिफाइनल खेलिरहेको छ। डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिना सबैभन्दा बढी १५ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। अर्जेन्टिना र उरुग्वे दुवैले १५–१५ पटक कोपाको उपाधि जितेका छन्।
अर्जेन्टिना र क्यानडाबीच अहिलेसम्म दुई खेल मात्र भएका छन्। जसमा दुवै खेल अर्जेन्टिनाले जितेको छ।
Facebook Comment