आगरा–लखनउ एक्सप्रेसवेमा यात्रुवाहक बस दुधको ट्याङ्करसँग ठोक्किँदा १८ जनाको मृत्यु
काठमाडौं । उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट गुज्रिरहेको स्लीपर बस दुर्घटना भएको हो। यो बस दुधको ट्यांकरसँग ठोक्किएको हो ।
दुर्घटना उन्नावको गढा गाउँ नजिकै एक्सप्रेसवेको माइलस्टोन नम्बर २४८ नजिक भएको थियो।
प्रहरीका अनुसार ट्यांकरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । ट्यांकरसँग ठोक्किएपछि बस एक्सप्रेसवेमा पल्टिएको थियो । जसका कारण बसमा सवार धेरै यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार स्लीपर बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै दिल्ली गइरहेको थियो।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । घाइतेहरूलाई उपचारका लागि उन्नावको बांगरमाउ सीएचसीमा पठाइएको छ। केही गम्भीर घाइते यात्रुलाई उपचारका लागि लखनउ पठाइएको छ ।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनलाई घटनास्थलमा पुग्न र राहत कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा १४ पुरुष, २ महिला र २ बालबालिका रहेका छन् ।
उन्नाव जिल्ला मजिस्ट्रेट गौरांग राठीका अनुसार “दुर्घटना बिहान ५.१५ बजे भएको थियो। यो एक निजी स्लीपर बस थियो। प्रारम्भिक अनुसन्धानमा बसको गति धेरै रहेको देखिन्छ। दुर्घटनामा ज्यान गुमाउनेमा यात्रु समेत रहेका छन्। उत्तर प्रदेश र बिहारबाट हामीले 6 नम्बरहरू जारी गरेका छौं जसमा यात्रुहरूलाई सम्पर्क गर्न सकिन्छ।”
उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले भने, “घाइतेहरूलाई उन्नाव जिल्ला अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूलाई राम्रो सुविधासहित अन्य अस्पतालमा सारिएको छ। नजिकका सबै अस्पतालहरूलाई अलर्ट गरिएको छ।”
उनका अनुसार अधिकांश घाइते बिहारका छन् र उत्तर प्रदेश सरकार बिहार सरकारको सम्पर्कमा छ।
Facebook Comment