फ्रान्सको दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीकी नेतृ मरिन ले पेनविरुद्ध अनुसन्धान सुरु

डिसी नेपाल
२६ असार २०८१ १५:२३

काठमाडौं । फ्रान्समा अति दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीकी नेता मारिन ले पेनको २०२२ को राष्ट्रपति चुनाव अभियानको बिरूद्ध अनुसन्धान सुरु भएको छ।

पेरिसका वकिलहरूले हिनामिना, जालसाजी र धोकाधडीको आरोपको छानबिन गर्ने बताएका छन्। अनुसन्धान प्रक्रिया एक साताअघि सुरु भएको थियो ।

वास्तवमा अभियान लेखा तथा राजनीतिक वित्तिय सम्बन्धमा राष्ट्रिय आयोगको २०२३ को प्रतिवेदनपछि अनुसन्धान सुरु भएको हो ।

यो आयोगले उम्मेदवारहरूको खर्च र कोषको जाँच गर्दछ। यद्यपी अनुसन्धान किन सुरु गरिएको हो भन्ने बारे आधिकारिक कारण भने खुलेको छैन र मरिन ले पेनले पनि कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

फ्रान्सको चुनावमा राष्ट्रिय र्‍यालीले पहिलो चरणमा सबैभन्दा बढी मत पाएको थियो । तर दोस्रो राउण्डमा पार्टी पछि परेर तेस्रो भयो ।

त्यहाँ, वामपन्थी दलहरूको गठबन्धन न्यू पपुलर फ्रन्टले सबैभन्दा बढी मत पाएको छ भने राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी दोस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *