राप्रपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको बैठक बस्दैछ।
सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न राप्रपाले बैठक बस्ने भएकाे हाे ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि लिने विश्वासको मतमा पक्ष वा विपक्षमा रहने भन्ने बारे निर्णय हुने बताइएकाे छ ।
राप्रपाले कांग्रेस एमालेको नयाँ गठबन्धनलाई स्वागत गरिसकेको छ । राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।
प्रतिक्रिया
Facebook Comment