बेलायती संसदमा भागवत गीता हातमा लिएर सपथ लिने यी सांसद को हुन् ?
काठमाडौं । बेलायती सांसद बब ब्ल्याकम्यानले बुधबार आफ्नो हातमा भागवत गीता र किंग जेम्स बाइबल लिएर शपथ लिएका छन् ।
कन्जरभेटिभ पार्टीका सांसद ब्ल्याकम्यानले सामाजिक सञ्जाल फेसबुकमा लेखे : “आम निर्वाचनपछि संसदमा फर्किँदा किंग जेम्स बाइबल र गीता हातमा लिएर महामहिम राजा चार्ल्सप्रति वफादारीको शपथ लिन पाउँदा मलाई गर्व छ।”
बब ब्ल्याकम्यान ह्यारो ईस्ट, ग्रेटर लन्डनका सांसद हुन्। यहाँ हिन्दू समुदायको राम्रो जनसङ्ख्या छ । यहाँ बसोबास गर्ने धेरैजसो मिन्दूलाई ब्ल्याकमेनको समर्थक मानिन्छ। उनले गत वर्ष फेब्रुअरीमा भारत भ्रमण पनि गरेका थिए ।
सन् २०२० मा, ब्ल्याकम्यानलाई भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री प्रदान गरिएको थियो । यसअघि सन् २०१९ मा आमनिर्वाचनपछि पनि ब्ल्याकम्यानले बाइबलसँगै भगवत गीताको शपथ लिएका थिए ।
Facebook Comment