लिट्टे प्रमुख प्रभाकरण जीवितै भएको दाबी गर्दै करोडौं चन्दा उठाइँदै

डिसी नेपाल
२७ असार २०८१ १६:०३

काठमाडौं । श्रीलंकाका तमिल विद्रोही नेता वेलुपिल्लई प्रभाकरण जीवित रहेको दाबी गर्दै केही गिरोहहरूले तमिलहरूबाट करोडौं रुपैयाँ चन्दा उठाउँदै आएको प्रभाकरणको परिवारले आरोप लगाएका छन् ।

प्रभाकरणका दाजु मनोहरनका छोरा कार्तिक मनोहरनले समाचार एजेन्सी आईएएनएसलाई माफिया गिरोहले प्रभाकरणको नाम ब्रान्डको रूपमा प्रयोग गरिरहेको बताए ।

यस मार्फत यो गिरोहले विदेशमा बस्ने तमिलहरूबाट रकम संकलन गरिरहेको छ । कार्तिकले प्रभाकरणको नाममा लिइएको पैसा उनको परिवारका सदस्यहरू वा गरिब तमिलहरूसम्म नपुगेको बताए।

सन् १९८३ मा श्रीलंका छाडेपछि मनोहरनको परिवार चर्चाबाट टाढा रहेको छ । गत वर्ष नोभेम्बर २७ मा स्विट्जरल्याण्डका एनआरआईहरूले प्रभाकरणकी छोरी द्वारका प्रभाकरणको एआई-जेनरेट गरिएको भिडियो भाषण जारी गरेका थिए। यसपछि मनोहरनको परिवारले आफ्नो परिवारसँग सम्बन्धित झुटा भिडियो शेयर नगर्न अपिल गरेका थिए ।

कार्तिक मनोहरनले सन् २००९ मा प्रभाकरण र उनको परिवारको मृत्यु भएको बताएका थिए । जिउँदो भएको भए पक्कै सम्पर्क गर्थे । श्रीलंकामा हुँदा पनि उनी सधैं सम्पर्कमा रहे। उनीसँग अन्तिम सम्पर्क सन् २००८ मा मात्र भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *