उपप्रधानमन्त्री श्रेष्ठले छोडे मन्त्री निवास

डिसी नेपाल
२९ असार २०८१ २१:२४

काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका हुन्।

उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छोडिसकेको र गाडी समेत बुझाइसकेको उनको सचिवालयले जनाएको छ।

‘काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ।’ सम्बोधनका क्रममा उनले भने– ‘हामी सबै दाजुभाई, साथीभाई र परिवार हौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *