देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको हो : सुमना श्रेष्ठ
काठमाडाैं। शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन्।
आइतबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्वपूर्ण हुने बताइन्।
उनले शिक्षा मन्त्रालयको महत्वलाई आत्मसाथ गर्दै अहिलेका साना बालबालिकाको भविष्य उज्जल बनाउन र भविष्यमा देशको विज्ञान प्रविधिको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
उनले मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन्। देशको शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आगामी दिनमा आफू शिक्षा समितिमै बसेर काम गर्ने पनि बताइन्।
कार्यक्रममा शिक्षा सचिव दिपक काफ्लेले राजनीतिक नेतृत्वसँग नै राज्य सञ्चालन गर्ने दायित्व हुने भन्दै प्रधानमन्त्री र मन्त्रीहरु सामुहिक रुपमा संसदप्रति उत्तरदायि हुने तथा सचिव नीतिगत व्यवस्थामा मन्त्रीप्रति उत्तरदायि हुने र प्रशासनिक कार्य सम्पदानमा मुख्यसचिव उत्तरदायि भएर काम गर्ने संवैधानिक प्रावधन अनुसार मन्त्री श्रेष्ठले कुशल र दक्षतापूर्ण प्रभावकारी काम गरेको चर्चा गरिन्।
उनले मन्त्रालयका कर्मचारीले पनि आ-आफ्नो भूभिका अनुसार काम गर्न मन्त्री श्रेष्ठलाई सहयोग गरेको बताइन्।
Facebook Comment