ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिने

डिसी नेपाल
३० असार २०८१ १६:५४

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेश गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गरेका थिए । उक्त अवधि आज साँझ ५ बजे सकिँदै छ।

राष्ट्रपति पौडेलले आज साँझ ५ बजेपछि प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्ने समय सकिएपछि अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री नियुक्ति आज भएपनि शपथग्रहण भने सोमबार मात्रै हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथको तयारी गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ गराउन कांग्रेस र एमाले मन्त्री छनौटको तयारीमा रहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष शुक्रबार राती नै प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए।

अहिले काँग्रेस(एमाले सरकारमा जाने मन्त्री चयनमा व्यस्त रहेका छन् । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने लगभग निश्चित रहेको छ । त्यस्तै रमेश लेखक, आरजु राणा लगायत मन्त्री बन्ने चर्चा रहेको छ । त्यस्तै एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *