घातक हमलापछि मिडियासँगको पहिलो अन्तर्वार्तामा ट्रम्पले के भने ?

डिसी नेपाल
३१ असार २०८१ १३:०६

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि भएको घातक हमलापछि पहिलो पटक अन्तर्वार्ता दिएका छन् ।

आफ्नो पहिलो अन्तर्वार्तामा ट्रम्पले रिपब्लिकन पार्टीको महाधिवेशनमा दिइने भाषणलाई पूर्ण रूपमा पुनर्लेखन गरेको बताएका छन् । यसमा उनले बाइडेनको आलोचना गर्नुको सट्टा ‘एकता’ को सन्देश दिनमा ध्यान केन्द्रित गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन मिलवाकी पुगेका छन् । पार्टीको चारदिने राष्ट्रिय सम्मेलन मंगलबारदेखि यहाँ सुरु हुँदैछ । यसमा ट्रम्पलाई आधिकारिक रूपमा रिपब्लिकन पार्टीको राष्ट्रपतिको उम्मेदवार घोषणा गरिनेछ।

मिडिया आउटलेट ‘वाशिंगटन एग्जामिनर’ लाई दिएको अन्तर्वार्तामा उनले आफूले दिने भाषण गजबको हुने बताए ।

उनले भने, “यदि यो (आक्रमण) नभएको भए यो अहिलेसम्मकै सबैभन्दा असाधारण भाषण हुने थियो।” यसले राष्ट्रपति बाइडेनको नीतिहरूको आलोचना गरेको थियो। तर इमानदारीपूर्वक भन्दा अब यो पूर्ण रूपमा फरक भाषण हुन गइरहेको छ। यो देशलाई सँगै लैजाने अवसर हो । मैले यो अवसर पाएको छु ।”

शनिबार भएको घटनाको वास्तविकता अहिले बाहिर आएको उनले बताए । उनले आफूलाई गोली लागेको समयको अनुभवबारे बताए । ट्रम्पले भने, ‘ममा देखिएको ऊर्जा जनताबाट आएको हो । त्यो बेला र्‍यालीमा भएका जनताको उत्साहको परिणाम हो यो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *