२० औं पटक बने मन्त्री शरतसिंह भण्डारी

डिसी नेपाल
३१ असार २०८१ १४:०४

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी २० औं पटक मन्त्री बनेका छन्।

भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो। भण्डारी श्रममन्त्रीको शपथ लिएका छन्।

२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरि श्रममन्त्रीसम्म आइपुगेको छ। उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा जलस्रोत हुँदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन्।

भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुँदा अवसरबाट बन्चित भएका हुन्। पञ्चायत बदलिएर प्रजातन्त्र आउँदा होस् वा गणतन्त्र आउँदा होस्, उनी मन्त्री बन्ने क्रम अहिले पनि जारी रहेको छ। उनको नाममा सबै व्यवस्थामा मन्त्री बनेको नयाँ कीर्तिमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *