गाजामा हमासका कमाण्डर राफा सलामा मारिएको इजरायली सेनाको दाबी

डिसी नेपाल
३१ असार २०८१ १४:२४

काठमाडौं । इजरायली सेनाले हमासका वरिष्ठ कमाण्डर राफा सलामा गाजामा शनिबार भएको हवाई हमलामा मारिएको जनाएको छ । यद्यपि हमासले यसको पुष्टि गरेको छैन।

इजरायली सेनाले सलामा खान युनिस ब्रिगेडका कमाण्डर भएको बताएको छ । सेनाले अक्टोबर ७ मा इजरायलमा हमासको हमलाको ‘मास्टरमाइन्ड’ मध्ये सलामा पनि रहेको बताएको छ । उनी हमासका सैन्य कमाण्डर मोहम्मद दफादका नजिकका सहयोगी थिए।

जबकि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा रहेको शरणार्थी शिविरमा आक्रमण गरेको बताएको छ जुन मानवीय क्षेत्रमा थियो।

खान युनिस नजिकै अल-मासावी क्षेत्रमा भएको आक्रमणमा ११४ प्यालेस्टाइनी मारिएको र ४०० जना घाइते भएको मन्त्रालयले दाबी गरेको छ ।

इजरायलले आक्रमणलाई जायज ठहर गरेको छ। उसले हमासका वरिष्ठ नेताहरु यहाँ उपस्थित रहेको र उनीहरुलाई मात्र निशाना बनाएको बताएको छ ।

तर हमास नेताहरूले इजरायलको दाबी गलत भएको बताएका छन्। हमास नेताहरूको उपस्थितिको बहाना प्रयोग गर्दै, यसले नागरिकहरूलाई निशाना बनाउँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *