डेढ महिनापछि एआइजीसहित ९० जना उच्च प्रहरी अधिकृतहरु घर जाँदै

डिसी नेपाल
२ साउन २०८१ ९:५९

काठमाडौं। नेपाल प्रहरीमा असारको तेस्रो सातादेखि अतिरिक्त महानिरीक्षक (एआईजी)र एक जना डीआईजीको पद रिक्त भएको छ । एआईजी उमेशराज जोशी र डीआईजी पोषराज पोखरेलले अनिवार्य अवकास पाएपछि दुई पद रिक्त भएको हो।

भदौ १६ मा अर्का डिआइजी र भदौ २१ मा अर्का एआइजी पनि घर जाँदै छन्। डिआइजी विष्णु केसीको भदौ १६ मा अनिवार्य अवकाश हुँदैछ । भदौ १६ गते प्रहरी अधिकृतहरू अवकासमा जाँदैछन्।

यसरी अवकाश पाउन लागेकाहरु धेरैको उमेर ५५ भन्दा कम रहेको छ। ३० वर्षे सेवाहदका कारण ठूलो संख्यामा प्रहरीले अवकाश पाउन लागेको यो पहिलो पटक हो। जसकारण सो टोली ३० वर्षे सेवाहद हटाउने लबिइङमा लागेको छ।

गृह मन्त्रालयले पनि यस विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको थियो । कार्यदलले प्रतिवेदन पनि दिइसकेको छ । तर पनि त्यो प्रतिवेदन कार्यान्वयन हुने संभावना निकै कमजोर रहेको छ।

हालका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै सेवाहद हटाउनुपर्ने बताउँदै आएका भएपनि यो विषयमा नीतिगत निर्णय नै गर्नुपर्ने भएकाले यही वर्ष हुने संभावना निकै कमजोर रहेको छ।

सेवा हद नहटने हो भने ९० जना सिनियर प्रहरी अधिकृतहरु एकै साथ विदा हुनेछन् ।भदौ १६मा अवकाश जान लागेका डिआइजी केसी हाल बाग्मती प्रदेशमा कार्यरत छन्।

एसएसपी जीवन कुमार श्रेष्ठ ट्राफिक प्रहरी कार्यालयमा निमित्त प्रमुख छन् । डिआइजी पोषराज पोखरेलले अवकाश पाएपछि उनी त्यहाँ निमित्त प्रमुख भएका हुुन । रेवती ढकाल कल्याणमा कार्यरत छन्। एसएसपीहरु किसनसिंह थापा, दिल्लीराज विष्ट, बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रवि कुमार पौडेल, वीर बहादुर ओली, चन्द्रदेव राई, रबिन्द्र रेग्मीले पनि भदौ १६ मै अवकाश पाउदै छन्।

त्यसैगरी एसपीहरु कृष्ण प्रसाई, प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री, नरेन्द्र कुमार कार्की, टेकुनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ, नविन किशोर प्रधानले अवकाश पाउने भएका छन्।

डिएसपीहरु श्रीराम भण्डारी, रामकृष्ण सापकोटा, गणेश बहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल, किरण प्रसाद न्यौपाने, होमबहादुर थापा, मनोज कुमार श्रेष्ठ, जनकबहादुर मल्ल, राजन कुमार गौतम, महेश बस्नेत, भरत कुमार शाह, खगेन्द्र प्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम, नारायण बहादुर श्रेष्ठ, राकेश कुमार पोदार, गोविन्द पन्थी, दलराम टमाटा, मदनबहादुर कुँवर, देवबहादुर कुँवर, हिक्मत बहादुर बोहरा, अनिल कुमार उप्रेती, शैलेन्द्र कुमार खड्का, उद्धव प्रसाद अधिकारी, रामबहादुर चन्द, सुजित कुमार ओझा, फणिन्द्र रानाभाट, विजय थापा, जमुना कुमारी बस्नेत रहेकाछन्।

प्रहरी निरीक्षकहरु योगराज न्यौपाने, शान्तराम कार्की, हिराबहादुर केसी, खेमराज कडायत, सरोज कुमार ठकुराठी, जयराम वन्त, भुवन भट्ट, कृष्ण रानामगर, ओम प्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुन प्रसाद पोखरेल, उदयमान द्वीवेदी, काशीराज रेग्मी, हरि विष्णु ढकाल, रवि भूषण प्रसाद यादब, राजेन्द्र प्रसाद यादब, उदयसिह सिजापती, मोहन थापा, कलेन्द्र बिक्रम शाही, मान प्रसाद श्रेष्ठ, किसन चन्द ठकुरी, अवध किशोर ओझ, विजय भण्डारी, भिमबहादुर कार्की, प्रेम बहादुर बोहरा, नरपति भट्ट, जगत दमाई, मेघनाथ चापागाई, निलम बहादुर भण्डारी, तिर्थबहादुर भण्डारी, जगदिश पौडेल, गोपाल चालिसे, कमल आचार्यले अवकाश पाउँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *