हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले भन्यो- इजरायली आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु

डिसी नेपाल
२ साउन २०८१ १५:४७

काठमाडौं । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरु घाइते समेत भएका छन् ।

यी मध्ये एउटा ठूलो हमला दक्षिणी सहर खान युनुसमा भएको थियो भने अर्को आक्रमण मध्य गाजामा भएको थियो।

यद्यपि, इजरायली सेनाले दुवै आक्रमण प्यालेस्टिनी सशस्त्र समूहहरूलाई लक्षित गरेको र यसले सर्वसाधारणको मृत्युको रिपोर्टलाई निगरानी गरिरहेको बताएको छ।

इजरायलले पछिल्लो ९ महिनामा आफ्नो हवाई हमला र स्थलगत कारबाहीमा १४ हजार हमास अतिवादी मारिएको दाबी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *