ओमानको मस्जिद नजिकै गोली चल्दा चार पाकिस्तानी र १ भारतीयको मृत्यु

डिसी नेपाल
२ साउन २०८१ १६:३५

काठमाडौं । ओमानको राजधानी मस्कटमा रहेको एक शिया मस्जिद नजिक भएको गोलीकाण्डमा चार पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा इमाम अली मस्जिद नजिक भएको आक्रमणलाई “कायरपूर्ण आतंकवादी” आक्रमणको रूपमा निन्दा गरेको छ।

विदेश मन्त्रालयका अनुसार यस घटनामा ३० पाकिस्तानी नागरिक पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले पनि आक्रमणकारी मारिएको जनाएको छ ।

आक्रमणको भिडियोमा मस्जिदको आँगनमा गोली चलेको आवाजसँगै मानिसहरु लुक्न यता उता दौडिरहेको देख्न सकिन्छ ।

शियाहरुको पवित्र पर्व आशुराको अघिल्लो साँझ मस्जिदमा श्रद्धालुहरुको यो भीड जम्मा भएको थियो । पाकिस्तानी दूतावासले मारिएका पाकिस्तानी नागरिकको नाम पनि खुलाएको छ ।

आक्रमणमा एक भारतीयको पनि मृत्यु भएको छ । यसबाहेक घटनामा घाइते हुनेमा एक भारतीय पनि छन् ।

ओमानमा रहेको भारतीय दूतावासले आफ्नो एक आधिकारीको पोस्टमा भनेको छ – दूतावासले हार्दिक समवेदना व्यक्त गर्दछ र परिवारलाई सबै सम्भव सहयोग गर्न तयार छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *