नेपाललाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड
काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको छ।
२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको नेपाल क्रिकेट संघले जनाएको छ। क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ।
प्रतिक्रिया
Facebook Comment