सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालले युएईलाई ६ विकेटले हरायो

काठमाडौं। नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ।
आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन्।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निधर्काले १३ रन बनाइन्।
त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिए।
अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ।
Facebook Comment