कांग्रेसले संसदमा माग्यो उपसभामुखको राजीनामा

डिसी नेपाल
६ साउन २०८१ १३:५१

काठमाडौं। नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ।

कांग्रेस संसद रामहरी खतिवडाले उपसभामुखले मानवतस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्बजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताए।

उनले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गरेका छन्।

उनले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *