महिला एशिया कपमा भारतको लगातार दोस्रो जित

डिसी नेपाल
६ साउन २०८१ १७:४९

काठमाडौं। जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

भारतले दिएको २०२ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो।

भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। त्यस्तै युएईले भने लगातार दोस्रो हार बेहोरेको छ । युएईले पहिलो खेलमा नेपालसँग हार ब्यहोरेको थियो।

प्रतियोगितामा अब भारतले आफ्नो समुह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोही दिन युएईले पाकिस्तानको सामना गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *