महिला एशिया कप: पाकिस्तानले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौं। जारी महिला एशिया कप अन्तर्गत नेपालविरुद्धको खेलमा पाकिस्तानले टस जितेको छ ।
पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपाली महिला टिमले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
पाकिस्तानविरुद्ध नेपालको प्लेइङ ११:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी र काजल श्रेष्ठ ।
प्रतिक्रिया
Facebook Comment