महिला एशिया कपः भारतविरुद्ध पहिला बलिङ गर्दै नेपाल

डिसी नेपाल
८ साउन २०८१ १९:३९

काठमाडौं। जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ। यस खेलमा भारतले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको हो।

भारतले ६ ओभरमा ५० रन बनाएको छ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ।

भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो।

त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ। त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *