विरोधका बीच अमेरिका पुगेका नेतान्याहुले भने- हाम्रा शत्रुहरू तपाईंका शत्रु हुन्
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गरेका छन् ।
कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, “हाम्रा शत्रुहरू तपाईंका शत्रु हुन्।”
नेतान्याहुले भने, “जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका छौं।”
उनले भने, ‘हाम्रो युद्ध तपाइँको युद्ध हो र हाम्रो जित तपाइँको जित हो ।
धेरैजसो रिपब्लिकन नेताहरूले बेन्जामिन नेतान्याहुलाई न्यानो स्वागत गरे, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी त्यहाँ उपस्थित भएनन्।
सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो । मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई “युद्ध अपराधी” घोषणा गरेको थियो।
नेतन्याहुको सम्बोधनमा बाधा पुर्याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ ।
प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भने कि तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नुभएको छ ।
Facebook Comment