ग्लोबल आइएमई बैंकको सिईओ बने सुरेन्द्रराज रेग्मी
काठमाडौं। ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।
बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरी रेग्मीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
वरिष्ठ नायब सीईओ रहेका रेग्मीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका सचिव बिष्णुप्रसाद बाँस्कोटाले जनाएका छन्।
प्रतिक्रिया
Facebook Comment