शंकरप्रसाद रिजालका तीन कविता

शंकरप्रसाद रिजाल
१२ साउन २०८१ ६:४६

वर्षायामको आकाश गंगा

आकास गंगा जलको अपार

पौडिन्छ बादल यसमा उछाल

कालो मेघ बनी हिँड्छ पानीको बोझ बोक्दै

आफ्नो भूगोलमा उत्रिन्छ पानीको मुल फुट्दै

साउने भेलको बाढी यत्रतत्र सबै तिर

डाँडा पाखा नदीनाला खुल्दै खहरे तिर

धानका गहुँका बोट साना छन् अझैपनि

हुर्कँदै छन् बिस्तारै यो पानीको झरीमापनि

बर्षाको याममा वर्षा मुसल धारे बनिकन

सारा कुलो गह्रा धाम यत्रतत्र फुटाइ कन

नदीको रुप फेरिन्छन् बिशाल रुप लिइकन

महाघोर रुप शिवजीको उधारो लिइकन

पहाड पैरोले खस्छ सारा ध्वस्त गरिकन

आशा मनको पाला निभ्छ कालो भइकन

रोकिन्न भेलको बाढी कस्तै गरेपनि अब

छेकिन्न यसको चाल जस्तै गरेपनि जब

हिमाल चाँदीको पैरो खस्छ पानी बनीकन

बिहान सूर्यको घाम सुनौलोमा उदाइकन

नदीनाला सबै उठ्छन् आफ्नो बाटो लिइकन

सारा भूमि पखालिन्छ कुचै कुचो लिइकन

आकाशमाथि घोप्टिन्छ पानी बोकी बोकिकन

यो बसन्त ऋतुको धाम बर्षायाम भइकन

पानीका बुलबुले थोपा त्यो कर्कलाको पातमा

हिराझैं टल्किएका छन् ती हरिया पातमा

कही जाडो कहीँ वर्षा धेरै बस्छन् ओढारमा

कोही टाठाबाठा बसेका छन् ती ठूला महलमा

कोही हिँड्छन् घुम ओढी ती गाउँका भेकमा

कोही छाता ओढी हिँड्छन् ती ठूला शहरमा

बाटो गाउँको हेर हिले हिलो उतातिर

बाटो शहरको हेर पिचैपिच सबैतिर

बर्षाको याममा हेर सारा गाउँ बगे सरी

नदीनाला सबै हेर जुरुक्क नै उठेसरी

यो बर्षाले हुने के हो छैन यसको भर

यसको गतिले हेर बग्न लाग्यो सबै घर

प्रकृतिमाथिको दोहन नगर्नु कहिले अब

यसमाथि डोजर नचलाउँ सधैं अब
राष्ट्रको प्रकृतिमाथि संरक्षण गरौँ अब

पहिरोमा पुरी बाँचेको बृद्धको एक बेचैनी मन

कुण्ठा मनको चिन्ता आँखा सधैं बिजाउने
रोएको मनको आँसु भित्र भित्रै बिलाउने

सोचेको हुन्न कोइ केही खोजी दिन बिताउँछु
खोज्दा खोज्दै थकाइ लागि चौतारामा निदाउँछु

परिवार थियो मेरो पत्नी छोरा छोरीसहित
पहिरो घरमा पस्दा बने म परिवाररहित

सबैको मृत्यु भो घरमा म परेँ अलपत्रमा
खोजी पो के त गर्ने हो यो एक्ली संसारमा

एकादेश भयो मेरो सारा इच्छा मरेसरी
एक्लो म भए एक्लो रुन्छु म घरीघरी

साथमा छैन कोही मेरो म परें कुचक्रमा
रातमा दिनमा छैन निद्रा मेरो शरीरमा

मरेको लाश झैं मेरो हिँड्छ जीउ यताउति
झरेको पात झैं मेरो हिँड्छ देह अघिसरी

मायाको खेलमा मेरो भयो संसार शून्य झैं
कायाको खेलमा मेरो मन भयो बेचैन झैं

आस्था उमंगको धोको छैन मनमा कहिँपनि
कुण्ठा मनमा उठ्छ यो मनमा जहीं तहीं

उठी पो के त गर्ने हो फेरि पहिरो आएपनि जब
हारेको मन यो मेरो कहाँ उठ्छ र यो अब

चैनले बस्न दिएन परिवार ती सम्झिँदा
पुरिएका ती सब मेरा परिवार अत्तालिँदा

लाग्यो मनमा आगो अस्तायो चन्द्र सूर्य नै
छायो आकाशमा कालो औंसीको रातदिन झै

एक्लो अब कसरी बाँचौं साथमा छैन कोहीपनि
परिवार सबै बिते मेरा अरु सबै रहे पनि

घर छैन त्यो मेरो पहिरोले लगी गयो
एक्कासी असार महिनामा भिरमा सबै पुरी गयो

अब बेचैन मनको साटो केही छैन साथमा
चिन्ताले मन भो भारी मेरो यो संसारमा

भक्कानो फुटिनै हाल्छ सम्झँदा त्यो बिपद्को
गोला बारुद बर्से झैं त्यो गाजा क्षेत्रको

खरानी त्यो मेरो नाताको सोरी सोरी म दल्दछु
यसैको सम्झनामा म यो दुःखी जीवन बिताउँछु

बस्दिन भिरमा फेरि पहिरोको डरले म त
खोजीसम्म मैदान घर बनाउँछ अब यता

रोएर फेरि त्यो दिन न आओस् ममा अब
सम्झेर फेरि त्यो रात पहिरोले नपिटोस् अब

बेचैन मन यो मेरो आँखा भरी आँसु लइ
नमरौं पिरले फेरि त्यो आँसुमा डुबी डुबी

बेचैनी मनको आगो निभाउँ म कसरी कति
यो मनको तातो ओदानमा पानी पोखुँ जतिजति

हाम्रो जीवनको ब्यथा

जन्मियौं यस धर्तीमा, हामी एक्लै सरी
हुर्कियौं आमाको काखमा फेरि,फेरि एक्लै सरी

आँखा खुल्दै गयो हाम्रो सृष्टिको सम चक्रमा
माया खुल्दै गयो हाम्रो आमाको सम दृष्टिमा

आमा भन्न सिक्यौं हामीले आमाको काखमा बसी
बाबा भन्न सिक्यौं फेरि बाबाको मोहमा परी

संसारमा चल्यो हाम्रो हाम्रो जीवनको लहर
शिक्षा आर्जनमा हाम्रो बित्यो जीवनको सफर

आमाको काख छुट्टियो छुट्टियो बाबुको पनि
शिक्षाको प्रेम बढ्दै गो लेख्ने पढ्नेमा अनि

भोगी जीवनको दुःख यताउति दुबैतिर
हाम्रो जीवनको धोको बढ्दै गयो सबैतिर

जाल झेल हुँदै जाँदा भाग्य खुल्दै गएपनि
कर्मले मोड ल्यायो अर्कै इच्छा अर्कै भएपनि

मौसमी चक्र घुमे झैं ,घुम्यो जीवनको लहर
सुख दुःख घाम छायाँ बन्दै गयो कहर कहर

यस्तैमा मोह बन्धनमा बाँधियो कसैप्रति
जीवन संगिनीको प्रित झांगियो हामीप्रति

उनकै जीवनमा बित्यो जीवनको यो लहर
छैन हाम्रो जीवनमा अरुकुनै बढी रहर

विद्यामा देबी पसी छिन् लक्ष्मी धन र बुद्धिमा

अब के चाहिन्छ त्योभन्दा बढी यो जीवनमा
बीचको खाली ठाउँमा छोरा छोरीपनि भए

हुर्की बढी पढ्न सबै टाढा बिदेसमा गए
उनले पनि गरे मोह अर्कै जीवन संगीसँग

पुनरावृत्तिमा गयो जीवन हो यो दोहारिने क्रम
दोहोरियो जीवनको चक्र छोरा छोरी वरीपरी

समय चक्र घुमेझैं आउने जाने घरी घरी
आमा बुवा भए बृद्ध पुरानो घरमा बसी

छोरा छोरी भए टाढा बिदेस घरमा लुकी
ऋण काटी चढे मोटर,ऋण नै ऋणमा फसी

बिदेसमा बिदेसी भइ बसे कम्मरै कसी
आमा बुवा बने एक्लो छोरा छोरी भएपनि

बसेका छन् तीनै बृद्ध धाक दिएर भएपनि
हाम्रो धाकमा छोरो बोल्दैन केही पनि

हाम्रो बृद्ध उमेरमा बोल्दिनन् ती छोरीपनि
यस्तैमा बाबुको जिउ ढल्छ घरको कतैतिर

आमा रुन्छिन् पति सम्झी घरको कुनातिर
रोइ रोइ सुकी जान्छिन् आमापनि त्यतैतिर

छोरा छोरी बने टाढा पैसा बोकी उतैतिर
पैसा पठाउन पर्दैन भन्दै आमा कति रुनु

सात समुद्र बस्नेलाई खै भगवान के भनु
सेवा नै परमोधर्म भन्थे मानव धर्ममा

रहेन यसको अर्थ त्यो मानव कर्ममा
रहेन यसको अर्थ त्यो मानव कर्ममा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *