ट्रम्पलाई भेटेपछि इजरायल–हमास सम्झौताबारे नेतान्याहुले के भने ?
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । यसका लागि आफ्नो प्रतिनिधिमण्डल रोम पठाउने उनले बताए ।
यद्यपि, उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको बयानमा पनि टिप्पणी गरेका छन् जसमा उनले गाजामा भएको त्रासदीबारे मौन नबस्ने बताएकी छिन् ।
फ्लोरिडामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतान्याहुले इजरायलले सम्भवतः यस हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने बताए।
ह्यारिसको भनाइमा नेतान्याहुले भने – हमासले केही हदसम्म युद्ध रोक्नको लागि वार्ताको मामिलामा अमेरिका र इजरायलबीच कुनै मतभेद छैन भन्ने कुरा बुझेको छ। मलाई लाग्छ ह्यारिसको टिप्पणीले यसमा कुनै प्रभाव पार्दैन।
Facebook Comment