संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक सिंहदरबारमा जारी

डिसी नेपाल
१४ साउन २०८१ ८:५७

काठमाडौं। संक्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। संक्रमणकालीन न्याय सम्बन्धि विधेयकको विषय टुंगो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी भएका छन्।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा संयन्त्रमा सहभागी छन्।

त्यसका साथै आजको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी र महान्याधिवक्ता रमेश बडाल लगायतको सहभागिता छ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सहमतिको जुटाउने विषयमा छलफल गरेको थियो ।
उक्त बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ।

सो सम्वन्धमा कानून मन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि सोमबारको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरुको सहभागिता भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *