बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौति: सञ्चारमन्त्री गुरुङ (भिडियाे)

डिसी नेपाल
१५ साउन २०८१ १५:०४

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बोक्सी प्रथा संघीय लोकतान्त्रिक गणतन्त्रको लागि ठूलो चुनौतिको रुपमा रहिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र अग्निदहनको पोस्टर सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले राजनीतिक, आर्थिक क्रान्तिसँगै अब समाजमा सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताए । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियानले सरकारले गर्नुपर्ने भन्दा पनि महत्वपूर्ण काम गरिरहेको भन्दै मन्त्री गुरुङले बताए ।

मन्त्री गुरुङले बोक्सी प्रथासँगै हली, छोउपडी, हरुवा चरुवालगायतका प्रथाहरु अहिले पनि रहेको उल्लेख गरेो । समाजमा देखिएका सामन्तवादको अवशेषलाई सवै मिलेर अन्तय गर्नुपर्नेमा उनले जोड दिए।

समाजमा रहेको कुप्रथाहरुलाई अन्य गर्ने अभियानमा सबै सचेत वर्गहरु लाग्नुपर्ने उनको भनाइ छ । उनले मान्छे बोक्सी हुन्न कहिल्यै जागरण अभियानका लागि नेपाल सरकारको पनि सहभागिता र समर्थन रहने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *