हमास प्रमुख इस्माइल हानियाको अन्तिम तस्वीर सार्वजनिक
काठमाडौं । इरानको राजधानी तेहरानमा हमास प्रमुख इस्माइल हानियाको हत्या भएको छ । इजरायली आक्रमणमा हानिया र उनका अंगरक्षकको मृत्यु भएको बताइएको छ ।
हमास र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले यसको पुष्टि गरेका छन्। हमासले आफ्नो विज्ञप्तिमा प्यालेस्टिनी समूहका नेता इस्माइल हानियाको तेहरानस्थित एउटा घरमा इजरायली आक्रमणमा मारिएको जनाएको छ । १२ घण्टामा इजरायलले गरेको यो दोस्रो ठूलो आक्रमण हो।
यसअघि मंगलबार हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । हानिया इरानसँग धेरै नजिक थिए त्यसैले उनी विभिन्न देशका प्रतिनिधिसँगको सामूहिक तस्बिरमा देखिएका छन् ।
यद्यपि उसलाई त्यो रात नै उनको अन्तिम रात हुनेछ भन्ने कल्पना थिएन। गत अक्टोबर ७ मा इजरायलमा भएको हमलापछि हानिया कहिले कतारमा त कहिले इरानमा लुकेर बसेका थिए । तर इजरायलले इरानमा प्रवेश गरेपछि उनको हत्या गरेको छ ।
हानियाले हिजो इरानका सर्वोच्च नेता इमाम सैयद अली खामेनीसँग पनि भेट गरेका थिए । त्यसको भोलिपल्ट अर्थात बुधबार बिहान इजरायलले इस्माइल हानिया आफ्ना सुरक्षाकर्मीसहित बसेको घरलाई निशाना बनाएको थियो । इजरायली कारबाही अघि हमास प्रमुख इस्माइल हानियाको भेटको अन्तिम तस्विर सार्वजनिक भएको छ ।
मङ्गलबार तेहरानमा इरानी राष्ट्रपतिको सपथ ग्रहण समारोहमा हमास प्रमुख इस्माइल हानिया पनि देखिएका थिए।
इरानका सर्वोच्च नेताले केही घण्टाअघि तस्बिर सेयर गरेका थिए
इरानका सर्वोच्च नेता इमाम खामेनीले हमास प्रमुख इस्माइल हानिया र महासचिव जियाद अल नखलाहसँग भेट गरेका छन्। खामेनीले १३ घन्टाअघि अर्थात् जुलाई ३० मा बेलुका ८.०५ बजे भेटका तस्बिरहरू आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेका थिए।
खामेनीले लेखे, “प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलन हमासको राजनीतिक ब्यूरो प्रमुख इस्माइल हानिया र प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका महासचिव जियाद अल-नखलाहसँग भेट भयो।”
हाल हानियाको हत्यासँगै १२ घण्टामा इजरायलका दुई शत्रुहरू मारिएका छन् । मंगलबार इजरायली सेनाले बेरुतमा हिजबुल्लाहका शीर्ष कमाण्डर फाउद शुक्रलाई मारेको दाबी गरेको थियो । यसअघि अप्रिल २०२४ मा इजरायली सुरक्षा बलले हानियाका तीन छोरालाई पनि मारेको थियो।
इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा हानियाका तीन छोराको मृत्यु भएको थियो । हानियाका तीन छोरा आमिर, हाजेम र मोहम्मदले गाजामा आतंकवादी गतिविधि गर्न गइरहेको इजरायली सेना आइडीएफले बताएको थियो, यसैबीच तीनै जना हवाई आक्रमणमा परेका थिए।
Facebook Comment