हानियाको हत्यापछि अरब क्षेत्रमा ठूलो युद्ध सुरु हुने डरबारे अमेरिकी रक्षामन्त्रीले के भने ?
काठमाडौं । फिलिपिन्स भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भने, ‘मलाई लाग्दैन कि मध्यपूर्वमा व्यापक युद्ध हुन्छ।’
उनले भनेका छन्, ‘मलाई विश्वास छ कि त्यहाँ सधैं कूटनीतिको ठाउँ हुन्छ। ‘
अस्टिनले हमासका शीर्ष नेता इस्माइल हानियाको मृत्युको बारेमा टिप्पणी गरेका छैनन् । उनले यस विषयमा टिप्पणी गर्न आफूसँग थप जानकारी नभएको बताए ।
यस क्षेत्रमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले इजरायललाई कसरी सहयोग गर्छ भनेर सोधिएको थियो । यसबारे उनले भने, ‘हाम्रो उद्देश्य अहिले पनि तनाव कम गरी स्थितिलाई सामान्य बनाउने हो ।’
जर्जटाउन युनिभर्सिटीका मध्य पूर्वका प्राध्यापक नादिर हाश्मीले बीबीसीलाई भने – हमासका शीर्ष नेताको हत्याले यस क्षेत्रमा पूर्ण स्तरमा युद्ध सुरु गर्ने सम्भावना बढी छ।
Facebook Comment