इस्माइल हानियाको अन्तिम यात्रा इरानमै हुने, कतारमा लगेर गाडिने
काठमाडौं । हमासले आफ्ना शीर्ष नेता इस्माइल हानियाको अन्तिम यात्रा बिहीबार अगस्ट १ मा तेहरानमा हुने जनाएको छ ।
त्यसपछि उनको पार्थिव शरीर कतारको राजधानी दोहा लगिनेछ, जहाँ उनी विगत केही वर्षदेखि बस्दै आएका थिए ।
अन्ततः हानियाको शवलाई अगस्ट २ मा कतारको लुसेलस्थित चिहानमा गाडिनेछ ।
बुधबार जारी एक विज्ञप्तिमा हमासले तेहरानस्थित आफ्नो निवासमा भएको आक्रमणमा हानिया र उनका अंगरक्षकको मृत्यु भएको जनाएको छ ।
हानिया कतारमा बसेका थिए र लामो समयदेखि गाजा गएका थिएनन्।
हानिया इरानी राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा सहभागी हुन तेहरान गएको हमासले जनाएको छ । मंगलबार कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment