बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा फेरि हिंसा भड्कियो

डिसी नेपाल
१७ साउन २०८१ १५:४७

काठमाडौं । बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ । विद्यार्थीहरूले भर्खरै हिंसामा परेका पीडितलाई न्यायको माग गर्दै आन्दोलनमा उत्रिएपछि पुनः हिंसा भड्किएको हो ।

उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए। राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन् ।

यो महिनामा भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ । प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा समेत लिएको छ ।

दक्षिणी सहर बरिसालबाट बीबीसी बंगलालाई पठाइएका तस्बिरहरूमा प्रहरीले प्रदर्शनकारीलाई लाठी हानेको, ब्यारिकेड लगाएर लगेको देख्न सकिन्छ।

बुधबार विद्यार्थीहरुले न्यायको लागि मार्चको आह्वान गरेका थिए । विद्यार्थीहरुको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ताको विरोधमा प्रदर्शन भएको विद्यार्थीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *