जावलाखेल पुर्‍याइयो रातो मच्छिन्द्रनाथको रथ

डिसी नेपाल
१७ साउन २०८१ २२:२७

ललितपुर। वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर आज जावलाखेल पुर्‍याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई आज जावलाखेल पुर्‍याइएको हो।

शुभ साइतअनुसार साउन १७ गते लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले आज विहिबार रथलाई जावलाखोल पुर्‍याइएको रातो मच्छिन्द्रनाथका पूजारी शाहु शाक्यले जानकारी दिए। उनको अनुसार रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ।

जावलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष राष्ट्रप्रमुखको हातबाट भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार राष्ट्र प्रमुखबाट भोटो देखाइनेछ। जावलाखेलको ललितमण्डपमा रहेको रातो मच्छिन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन्।

हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। जावलाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *