भारतीय सेनाको चिकित्सा सेवाको पहिलो महिला महानिर्देशक बनिन् साधना सक्सेना नायर

डिसी नेपाल
१८ साउन २०८१ १४:१९

काठमाडौं । लेफ्टिनेन्ट जनरल साधना सक्सेना नायरलाई भारतीय सेनाको चिकित्सा सेवाको नयाँ महानिर्देशक (डीजी) बनाइएको छ ।

उनी आर्मी मेडिकल सर्भिसको महानिर्देशक पदमा पुग्ने पहिलो महिला हुन् ।

रक्षा मन्त्रालयका प्रवक्ता ए भरतभूषण बाबुले साधना सक्सेना नायरलाई आर्मी मेडिकल सर्भिसको नयाँ महानिर्देशक बनाएको जानकारी दिएका छन् ।

उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेफ्टिनेन्ट जनरल साधना सक्सेना नायरलाई आर्मी मेडिकल सर्भिसको नयाँ महानिर्देशक बनाएको लेखेका छन् ।

योसँगै लेफ्टिनेन्ट जनरल विकास लखेडालाई आसाम राइफल्सको नयाँ डीजी बनाइएको छ। रक्षा मन्त्रालयका प्रवक्ता ए भरतभूषण बाबुले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *