भारतीय माझीहरूको डुङ्गा श्रीलंकाली नौसेनाको जहाजसँग ठोक्कियो
काठमाडौं । श्रीलंकाको नौसेनाको जहाज र भारतीय माछा मार्ने डुङ्गा कच्चाथिभु टापुको उत्तरमा ५ समुद्री माईलको दूरीमा ठोक्किएका छन् ।
यो घटनापछि भारतीय विदेश विभागले आज बिहान श्रीलंकाका कार्यवाहक उच्चायुक्तलाई बोलाएको छ । यस घटनाको भारतले कडा विरोध गरेको छ ।
डुंगामा सवार ४ जना माछा मार्ने मध्ये १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । श्रीलंकाली नौसेनाले दुई जना माछा मार्नेलाई जाफ्नाको कानकेसन्थुराईमा लगेको छ । बेपत्ता माछा मार्नेको खोजी भइरहेको छ ।
उद्धार गरिएका माछा मार्ने र उनको परिवारलाई जतिसक्दो चाँडो सक्दो सहयोग गर्न जाफनास्थित भारतीय महावाणिज्य दूतावासलाई निर्देशन दिइएको छ ।
परराष्ट्र मन्त्रालयबाट जारी विज्ञप्तिमा यस घटनाप्रति दुःख व्यक्त गरिएको छ । श्रीलंकामा रहेको भारतीय उच्चायोगले यस घटनाको सम्बन्धमा श्रीलंका सरकारसँग आफ्नो विरोध दर्ता गर्नेछ।
Facebook Comment