इस्माइल हानियाको हत्यापछि पनि इजरायल नरोकिने, लक्ष्यमा रहेका ३ शत्रुको नाम घोषणा

डिसी नेपाल
१८ साउन २०८१ १६:५५

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले हिजबुल्लाह र हमासलाई “विनाशकारी प्रहार” गरेको बताएका छन्। तर, उनले तेहरानमा हमास नेता इस्माइल हानियाको हत्याको जिम्मेवारी लिनबाट जोगिएका छन् ।

हमासको राजनीतिक शाखा प्रमुख हानियाको बुधबार बिहान हत्या भएको थियो । हमास र इरान दुबैले हत्याको लागि इजरायललाई दोष दिएका छन् र बदला लिने वाचा गरेका छन्।

नेतान्याहुले हिजबुल्लाह नेता फौद शुक्रको हत्यापछि तेल अवीव कुनै पनि परिस्थितिका लागि तयार रहेको बताएका छन् । उनले गाजामा युद्ध नरोकिनेमा जोड दिए।

“युद्धको सुरुदेखि नै हामीले इरानको दुष्टता विरुद्ध लडिरहेका छौं भनेर मैले स्पष्ट गरिसकेको छु,” नेतन्याहुले स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको रेकर्ड गरिएको सन्देशमा भने।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशमा कुनै किसिमको आक्रमण भए त्यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । तेहरानमा भएको हवाई आक्रमणमा इस्माइल हानिया मारिएपछि उनको यो पहिलो सार्वजनिक बयान हो।

उनले भने, “अमेरिकी कांग्रेसमा मेरो भाषणमा मैले इरानका तीन शत्रु हमास, हुथी र हिजबुल्लाहको बारेमा कुरा गरें ।” हमास बाहेक इरान समर्थित हिजबुल्लाह (लेबनान) र हुथी विद्रोही (यमन) ले इजरायल विरुद्ध खुला युद्धको घोषणा गरेका छन्।

इरानमा हमासको राजनीतिक ब्यूरोका प्रमुख इस्माइल हानियाको हत्याको जिम्मेवारीलाई औंल्याउँदै उनले भने, “पछिल्ला केही दिनहरूमा हामीले उनीहरू प्रत्येकलाई एउटा ठूलो प्रहार गरेका छौं।”

“तीन हप्ता पहिले हामीले हमासका प्रमुख मोहम्मद डाउफलाई निशाना बनाएका थियौं। दुई हप्ता अघि हामीले सबैभन्दा महत्त्वपूर्ण कार्यहरू मध्ये एकमा हुथी विद्रोहीहरूलाई आक्रमण गर्‍यौं र हिजो हामीले हिजबुल्लाहका प्रमुखलाई निशाना बनाएका थियौं,” नेतन्याहूले भने ।

नेतान्याहुले भने, “आगामी दिनहरू चुनौतीपूर्ण हुने छन् र बेरुतमा हमलापछि जताततैबाट धम्कीहरू आइरहेका छन्। हामी हरेक परिस्थितिको लागि तयार छौं र हरेक खतरा विरुद्ध एकजुट र दृढ रहनेछौं।” इजरायली प्रधानमन्त्रीले आक्रमण रोक्न दबाब दिइएको पनि उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *